जिल्ला प्रजनन स्वास्थ्य समन्वय समितिको पहिलो चौमासिक बैठक
मिति २०८२।०७।२६ गते
प्रदेश जनस्वास्थ्य कार्यालय पर्वतको आयोजनामा जिल्ला प्रजनन स्वास्थ्य समन्वय समितिको पहिलो चौमासिक बैठक प्रजनन स्वास्थ्य समन्वय समितिको अध्यक्षय एवम जिल्ला समन्वय समिती प्रमुख श्री विष्णुराम बि.क ज्यूको अध्यक्ष्तामा सम्पन्न भएको छ ! बैठकमा समितिको सम्पुर्ण सदस्यहरुको उपस्थिति रहेको थियो जसमा प्रदेश जनस्वास्थ्य कार्यालय प्रमुख, प्रदेश अस्पताल कुश्माका मे.सु ,शिक्षा विकास तथा समन्वय इकाई प्रतिनिधि, नेपाल रेडक्रस सोसाइटी प्रमुख, प्रदेश अस्पताल कुश्माका स्त्री रोग विशेषज्ञ, बाल रोग विशेषज्ञ, एम.डि.जि.पी डा , एम.सि.एच शाखा प्रमुख, सि.एस.जि का प्रतिनिधि र प्रदेश जनस्वास्थ्य कार्यालय पर्वतको कर्मचारीहरु हुनुहुन्थ्यो । यौन तथा प्रजनन स्वास्थ्य सेवाको सर्वव्यापी पहुँचको लागि प्राविधिक सहयोग दिने उदेश्यले बैठक संचालन गरिएको थियो । बैठकमा प्रजनन स्वास्थ्य समन्वय समिति गठन तथा संचालन प्रक्रिया, पर्वत जिल्लाको प्रजनन स्वास्थ्य अवस्था, जिल्लास्तरमा (जनस्वास्थ्य कार्यालयमा) MPDSR समिति गठन, आ.व २०८२।८३मा संचालन हुन लागेको कार्यक्रमको वारेमा जानकारी, विद्यालय नर्स कार्यक्रम संचालन जस्ता महत्वपुर्ण विषयमा छलफल गरिएको थियो। प्रदेश अस्पताल कुश्माले प्रजनन स्वास्थ्य सन्चालनमा भोगेको चुनौतीहरु वारेमा प्रस्तुतीकरण गर्नु भएको थियो ! बैठकमा जम्मा १४ जना सहभागिहरुको उपस्थिति थियो
Download: जिल्ला प्रजनन स्वास्थ्य समन्वय समितिको पहिलो चौमासिक बैठक
44
