प्रजनन रुग्णताको एकिकृत शिविर महाशिला-१ होश्राङदी
प्रदेश जनस्वास्थ्य कार्यालय पर्वतको आयोजनामा र महाशिला गाउँपालिका पर्वतको समन्वय तथा महाशिला-१ होश्राङदीमा प्रजनन रुग्णताको एकिकृत शिविर संचालन भएको थियो जसमा १०१ जना महिलाहरुले सेवा प्राप्त गर्नु भएको छ। शिविरमा पाठेघरको मुखको क्यान्सरको परिक्षण, स्तन क्यान्सरको परिक्षण र रिङ पेसरी र स्त्री तथा प्रसुतीरोग सम्बन्धि विशेषज्ञ सेवा उपलब्ध रहेको थियो ।
शिविरमा ४ जनामा VIA POSTITIVE पाईएको थियो र थप उपचार तथा निधानको लागि पोखरा र प्रदेश अस्पताल कुश्मा रिफर गरिएको छ । २ जना पाठेघरको अपरेशन गर्नुपर्ने बिरामीहरूको प्रदेश अस्पताल कुश्मामा निःशुल्क अपरेशनको लागि समन्वय भएको छ। शिविर संचालनमा सहयोग गर्नुहुने सम्पूर्णमा हार्दिक आभार तथा धन्यवाद।
Download: प्रजनन रुग्णताको एकिकृत शिविर महाशिला-१ होश्राङदी
20
