नियमित खोप खोप सेवा तथा सरसफाई प्रवर्द्धन सम्बन्धी समिक्षा एबं सुक्ष्म योजना अध्यावधिक गोष्ठी (प्रथम ब्याच)
मिति २०८२/०९/१३ र १४ गते
प्रदेश जनस्वास्थ्य कार्यालय पर्वतको आ.व. 2082/083 काे बार्षिक स्वीकृत कार्यक्रम अनुसार प्रदेश जनस्वास्थ्य कार्यालय कुस्मा पर्वतको आयोजनामा मिति 2082/09/13 र 14 गते प्रदेश जनस्वास्थ्य कार्यालय पर्वतको तालिम हलमा नियमित खोप खोप सेवा तथा सरसफाई प्रवर्द्धन सम्बन्धी समिक्षा एबं सुक्ष्म योजना अध्यावधिक गोष्ठी (प्रथम ब्याच) सञ्चालन गरियो । उक्त कार्यक्रमको अध्यक्षता जिल्ला समन्वय समिति पर्वतका उपप्रमुख श्री सोम बहादुर जिसि ज्यूले गर्नु भएको थियो भने कार्यक्रम सञ्चालन प्रदेश जनस्वास्थ्य कार्यालयका परिवार नियोजन सुपर भाईजर निरीक्षक श्री नारायण प्रसाद रेग्मीले गर्नु भएको थियो । उक्त 2 दिने गोष्ठीमा प्रदेश अस्पतालका मेसु डा ढुन्ढीराज शर्माले खोप सेवाको बारेमा जानकारी गराउनु भएको थियो ।, जनस्वास्थ्य अधिकृत सन्देश पोख्रेल तथा पनिसुनि एबं खोप कार्यक्रम संयोजक नारायण प्रसाद रेग्मीले सहजीकरण गर्नु भएको थियो। उक्त तालिममा पर्वत जिल्लाका तीन वटा स्थानीय तह विहादि,पयू र महाशीला गाउँ पालिकामा कार्यरत स्वास्थ्य शाखा प्रमुख,खोप फोकल पर्सन, पालिका अन्तर्गत स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्य संस्था प्रमुख गरी 25 जनाको सहागिता रहेको थियो ।
13
