रुम्याटिक हार्ट डिजिज (Rheumatic Heart Disease-RHD) स्क्रिनिङ
रुम्याटिक हार्ट डिजिज (Rheumatic Heart Disease-RHD) स्क्रिनिङ
मिति २०८३।०२। २७ गते
प्रदेश जनस्वास्थ्य कार्यालय पर्वतको आयोजनामा तथा मोदि गाउँपालिकाको समन्वयमा रुम्याटिक हार्ट डिजिज (Rheumatic Heart Disease-RHD) स्क्रिनिङ नवजागृत मा.वि तिलाहार पर्वतमा सफलतापूर्वक सम्पन्न भएको छ।
रुम्याटिक हार्ट डिजिज (Rheumatic Heart Disease-RHD) प्रायः समुचित रुपमा नगरिएको Streptococcal Throat Infection को जटिलता हो, जसले मुटुको भल्भमा क्षति पुऱ्याउँछ।नेपाल लगायत विकासोन्मुख देशहरूमा RHD अझै पनि बालबालिका तथा युवावर्गमा मुटु सम्बन्धी रोगको प्रमुख कारण मानिन्छ। तसर्थ, स्क्रिनिड कार्यक्रम मार्फत रोगको प्रारम्भिक अवस्थामै पहिचान
र रोकथाम महत्वपूर्ण हुने भएकोले सो का लागि यो कार्यक्रम गरिएको छ।
· विद्यालय तथा समुदायस्तरमा RHD का जोखिमयुक्त व्यक्तिहरूको पहिचान गरी संक्रमित तथा जोखिममा रहेका व्यक्तिहरूलाई समयमै स्वास्थ्य संस्थामा रेफरल गर्ने र रुम्याटिक हार्ट डिजिजको जोखिम र रोकथामबारे सचेतना अभिवृद्धि गर्ने उदेश्यले यो कार्यक्रम संचालन गरिएको थियो । नव जागृत मा.वि तिलाहार पर्वतका जम्मा ६५२ जना विद्यार्थीहरुमा Rheumatic Heart Disease-RHD को screening गरिएकोमा ११ जनालाई थप echo गरि मुटुको समस्या पत्ता लागेको छ । जसमा २ जनामा RHD -, ८ जनामा CHD- ( ASD-6 , VSD-1, PDA-1 ) रहेको छ । समस्या भएका विद्यार्थीहरुलाई शहिद गंगालाल काठमान्डौमा थप उपचारमा लैजान परिवारलाई जानकारी दिने भनी विद्यालय प्रशासनलाई जिम्मा लगाईएको छ । यस स्क्रिनिङ शिविरलाई सफल वनाउने प्राविधिक टिम CONSULTANT CARDIOVASCULAR SURGEON डा प्रेम राज वैध, CARDIOLOGIST डा एन्जिला वैध र CONSULTANT ANESTHESIOLOGIST डा महालक्ष्मी देउजा लाई हार्दिक आभार प्रकट गर्दछौ । मोदि गाउँपालिका र नवजागृत मा.वि तिलाहार पर्वतलाई उत्कृष्ट समन्वय, सहयोग र प्रतिबद्धताप्रति हार्दिक धन्यवाद व्यक्त गर्दछौं। यस कार्यक्रमलाई सफल बनाउन यहाँहरूको महत्वपूर्ण भूमिका रहेको छ। आगामी दिनहरूमा पनि यस्तै सहकार्य, समन्वय र साझेदारी निरन्तर रहने विश्वासका साथ भविष्यमा समेत सँगै काम गर्दै जाने अपेक्षा राख्दछौं। धन्यवाद। ![]()
Download: रुम्याटिक हार्ट डिजिज (Rheumatic Heart Disease-RHD) स्क्रिनिङ
11
