सामुदायमा आधारित नवजात शिशु तथा बाल रोगको एकीकृत व्यवस्थापन (CB-IMNCI) सम्बन्धि स्वास्थ्यकर्मीहरुका लागि ६ दिने आधारभूत तालिम
मिति २०८१-०१ -१४ देखि १९ गते सम्म
स्वास्थ्य कार्यालय पर्वतकाे आयोजनामा सामुदायमा आधारित नवजात शिशु तथा बाल रोगको एकीकृत व्यवस्थापन (CB-IMNCI) सम्बन्धि स्वास्थ्यकर्मीहरुका लागि ६ दिने आधारभूत तालिम सम्पन्न भएको छ।
स्वास्थ्य कार्यालय पर्वतका प्रमुख श्री प्रविण शर्माकाे अध्यक्षतामा शुरु भएको तालिमको सहजिकरण बेनी अस्पतालका बालराेग बिशेषज्ञ डा. कुशल बराल, मे.अ डा. सुस्मिता पाैडेल, पर्वत अस्पतालका ब.अ.न.नि सरास्वति बराल, स्वास्थ्य कार्यालय पर्वतका कार्यक्रम संयोजक तेज प्रसाद सुवेदीले गर्नुभएकाे थियो।
तालिममा जिल्लाका ७ वटै स्थानिय तह तथा पर्वत अस्पताल गरि जम्मा २७ जनाकाे स्वास्थ्यकर्मीहरुको सहभागिता रहेकाे थियाे। नवजात शिशु तथा ५ वर्ष मुनिका बालबालिकाहरुको स्वास्थ्यमा सुधार गर्दै उनीहरुको जीवन रक्षा, स्वास्थ्य, वृद्धि र विकासमा योगदान पुुयाउने र बिरामीदर तथा मृत्युदरमा उल्लेख्य सुधार ल्याउने उदेश्यको साथ संचालन भएको उक्त तालिममा स्वास्थ्यकर्मीहरुलाइ २ महिना मुनिका शिशुमा देखिने स्वास्थ्य समस्या बर्गिकरण र ब्यावस्थापन तथा २महिना देखि ५ बर्ष सम्मका बच्चामा हुन सक्ने स्वास्थ्य समस्या र साे काे एकिकृत ब्यवस्थापन बारेमा ज्ञान र शिप प्रदान तथा पुनारोलोकन साथै रेकर्डिङ रिपोर्टिङ बारे प्रशिक्षण गरिएको थियो।
105
