सरोकारवला निकायविच मातृ मृत्यु सम्बन्धि छलफल
स्वास्थ्य कार्यालय पर्वतको आयोजनामा मिति २०८०/०८/१९ गते फलेवास नगरपालिका ०३ शंखरपोखरीमा सरोकारवला निकायविच मातृ मृत्यु सम्बन्धि छलफल भएको छ ! कार्यक्रम फलेवास नगरपालिका ०३ का वडा अध्यक्ष श्री अर्जुन के.शि ज्यूको अध्यक्षयता मा भएको थियो जसमा २९ जनाको सहभागिता रहेको थियो ! कार्यक्रममा सहजीकरण पर्वत अस्पताल कुश्माको मेडिकल अधिकृत डा दिपक रेग्मी , फलेवास नगरपालिका स्वास्थ्य शाखाको प हे.न, स्वास्थ्य चौकि प्रमुख लगायत ले गर्नुभएको थियो ! गत श्रावण महिनामा त्यस ठाउँमा १ जना (८ दिनको) सुत्केरी महिलाको मृत्यु भएको थियो ! उक्त कार्यकममा महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका तथा अन्य सामाजिक व्यक्तित्वहरुले मातृ तथा नवजात शिशु स्वास्थ्यको अवस्थामा सुधार ल्याउनको लागि जिम्मेवार निकायको आगामी तयारी तथा कार्ययोजना सम्बन्धमा समेत अन्तरक्रिया भएको थियो ! साथै स्वास्थ्य चौकिमा रहेको प्रसूती केन्द्रको MNH Service Readiness Assessment पनि गरिएको थियो।
Download: सरोकारवला निकायविच मातृ मृत्यु सम्बन्धि छलफल
103


