सरोकारवला निकायविच मातृ तथा पेरिनेटल मृत्यु निगरानी तथा प्रतिकार्य कार्यक्रम
मिति -२०८१-०२-३२ गते
स्वास्थ्य कार्यालय पर्वतको आयोजना र जलजला गाउँपालिकाको समन्वयमा गत २०८० फाल्गुण २३मा भएको पेरिनेटल मृत्यु मा सरोकारवला निकायविच मातृ तथा पेरिनेटल मृत्यु निगरानी तथा प्रतिकार्य कार्यक्रम सालिजा स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष बल बहादुर पुर्जाको अध्यक्षतामा सम्पन्न भएको छ । कार्यक्रमको संचालन तथा सहाजिकरण स्वास्थ्य कार्यालय पर्वतका जनस्वास्थ्य अधिकृत अन्जली पि.सि, जलजला गा.पा स्वास्थ्य शाखाका सि.अ .न .मी अन्जली वैरागीले गर्नु भएकाे थियाे भने कार्यक्रममा वान हार्ट वल्ड वाईडका जिल्ला संयोजक कविन्द्र रेग्मी , सालिजा स्वास्थ्य चौकी व्यवस्थापन समितिका अन्य सदस्यहर, स्वास्थ्य चौकीका कर्मचारीहरु , महिला सामुदायिक स्वास्थ्य स्वयंसेबिका गरी २२ जनाको सहभागिता रहेको थियो । छलफल पछि मातृ तथा नवजात शिशु स्वास्थ्यको अवस्थामा सुधार ल्याउनको लागि जिम्मेवार निकायको आगामी तयारी तथा कार्ययोजना सम्बन्धमा समेत अन्तरक्रिया भएको थियो ।
Download: सरोकारवला निकायविच मातृ तथा पेरिनेटल मृत्यु निगरानी तथा प्रतिकार्य कार्यक्रम
105
