सेवा प्रदायकहरको लागि मातृ तथा नवशिशु स्वास्थ्य सम्बन्धि onsite coaching मेन्टोरिङ
२०८०/१२/२ देखि १२/४
स्वास्थ्य कार्यालय पर्वतको आयोजना तथा पर्वत अस्पताल कुश्माको समन्वयमा अस्पतालमा कार्यरत प्रसूति सेवा प्रदायकहरको लागि मातृ तथा नवशिशु स्वास्थ्य सम्बन्धि onsite coaching मेन्टोरिङ कार्यक्रम मिति २०८०/१२/०२ देखि १२/०४ सम्म (पहिलो ब्याच )सम्पन्न भएको छ ! जसमा सामान्य प्रसूति , प्रसूती पछिको अत्याधिक रक्तस्राव व्यवस्थापन , Pre eclampsia / Eclampsia को व्यवस्थापन , Condom tamponade, Kangaroo mother care, निशासिएको शिशुको व्यवस्थापन, recording reporting जस्ता विषयमा ज्ञान् सिप को बिकास गरिएको छ ! Onsite coaching मा सहभागी ४ जना सेवा प्रदायकहरुलाई २ जना मेन्टर (तालीम प्राप्त दक्ष स्वास्थ्यकर्मी ) हरुले प्रशिक्षण गर्नु भएको छ ! प्रशिक्षण पर्वत अस्पताल कुश्माका वरिष्ठ अस्पताल नर्सिङ निरीक्षक सरस्वती बराल र अस्पताल नर्सिङ निरीक्षक शोभा श्रेष्ठले गर्नु भएको थियो ! मिति २०८०/१२/०५ बाट पर्वत अस्पतालमा नै दोश्रो समूहको लागि पनि Coaching / Mentoring गर्ने तयारी रहेको छ ! यस सगै पर्वत जिल्लामा यस आर्थिक बर्षमा स्वास्थ्य कार्यालय पर्वतको आयोजनामा ४ ब्याच Onsite coaching सम्पन्न भैसकेको छ !
Download: सेवा प्रदायकहरको लागि मातृ तथा नवशिशु स्वास्थ्य सम्बन्धि onsite coaching मेन्टोरिङ
88
