स्वास्थ्य ब्यवस्थापन सुचना प्रणाली(eHMIS) को अभिमुखिकरण कार्यक्रम
मिती -२०८१/३/७ र ८ गते
स्वास्थ्य कार्यालय पर्वतको आयोजना तथा मोदी गाउँपालिकाको समन्वयमा स्वास्थ्यकर्मिहरुलाई २ दिने विधुतिय स्वास्थ्य ब्यवस्थापन सुचना प्रणाली(eHMIS) को अभिमुखिकरण कार्यक्रम साथै ८ स्वास्थ्यचौकीहरुमा eHMIS Software को जडान कार्य सम्पन्न भएको छ। कार्यक्रमको समापन सत्रको अध्यक्षता मोदी गा.पाका अध्यक्ष हिरा देवी शर्माज्युले गर्नुभएको थियो भने उपाध्यक्ष बिमल लामिछाने ज्युको पनि उपस्थिति रहेको थियो । कार्यकर्मको सहजिकरण स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेश पोखराका तथ्याङ्क अधिकृत प्रविण भण्डारी ज्यु र स्वास्थ्य कार्यालय पर्वतका तथ्याङ्क पोकल पर्सन रामचन्द्र सुवेदीले गर्नुभएको थियो भने संचालन मोदी गा.पाका जनस्वास्थ्य निरिक्षक प्रकाश सुवेदीले गर्नुभएको थियो ।कार्यक्रममा मोदी गाउँपालिकाका ८ वटै स्वास्थ्य संस्थावाट पालिका स्वास्थ्य शाखा सहित १९ जनाको सहभागिता रहेको थियो।
Download: स्वास्थ्य ब्यवस्थापन सुचना प्रणाली(eHMIS) को अभिमुखिकरण कार्यक्रम
93
