स्वास्थ्यकर्मिहरुलाई विधुतिय स्वास्थ्य ब्यवस्थापन सुचना प्रणाली (eHMIS) को अभिमुखिकरण कार्यक्रम कुश्मा नगरपालिका
मिति २०८१/०४/२५ देखि ०४/२६ सम्म
स्वास्थ्य कार्यालय पर्वतको आयोजना तथा कुश्मा नगरपालिकाको समन्वय एवं ब्यवस्थापनमा स्वास्थ्यकर्मिहरुलाई विधुतिय स्वास्थ्य ब्यवस्थापन सुचना प्रणाली (eHMIS) को अभिमुखिकरण कार्यक्रम साथै कुश्मा न.पाका १३ वटा स्वास्थ्यसंस्थाहरुमाहरुमा eHMIS Software को जडान कार्य कुश्मा न.पाका नि.कार्यालय प्रमुख विष्णु तिवारीको अध्यक्षतामा कुश्मा नगरपालिकाको सभाहलमा सम्पन्न भएको छ। कार्यक्रमको संचालन कुश्मा न.पाका स्वास्थ्य शाखा प्रमुख याम प्रसाद शर्मा ज्युले गर्नुभएको थियो भने सहजीकरण स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेश, पोखराका तथ्याङ्क अधिकृत प्रविण भण्डारी तथा स्वास्थ्य कार्यालय पर्वतका तथ्याङ्क फोकल पर्सन रामचन्द्र सुवेदीले गर्नुभएको थियो । समग्र कार्यक्रमको समापन स्वास्थ्य कार्यालय ,पर्वतका कार्यालय प्रमुख प्रविण शर्माले गर्नुभएको थियो।कार्यक्रममा कुश्मा नगरपालिकाका १३ वटा स्वास्थ्यसंस्था र पालिका स्वास्थ्य शाखा सहित ३० जनाको सहभागिता रहेको थियो।
106
