सायना प्रेस( Sayana press) को विस्तार तथा प्रयोग सम्बन्धी जिल्ला स्तरीय अभिमुखिकरण गोष्ठी
स्वास्थ्य कार्यालय पर्वत काे वार्षिक स्वीकृत कार्यक्रम अनुसार स्वास्थ्य कार्यालय पर्वतकाे आयोजनामा मिति 2081असार 3 गते स्वास्थ्य कार्यालय पर्वतको तालिम हलमा परिवार नियोजनको अस्थाई साधन सायना प्रेस( Sayana press) को विस्तार तथा प्रयोग सम्बन्धी जिल्ला स्तरीय अभिमुखिकरण गोष्ठी सम्पन्न भएकाे छ। सो गोष्ठीकाे अध्यक्षता स्वास्थ्य कार्यालय पर्वतका प्रमुख प्रवीण शर्माले गर्नु भएको थियो। गोष्ठीकाे सहजीकरण पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्रमुख अस्पताल नर्सिङ प्रशासक कमला रानाले गर्नु भएको थियो। कार्यक्रमकाे सन्चालन तथा व्यवस्थापन स्वास्थ्य कार्यालय पर्वतका परिवार नियोजन सुपरभाईजर निरिक्षक नारायण रेग्मीले गर्नु भएको थियो । गोष्ठीमा पर्वत जिल्लाका सवै स्थानिय तहका स्वास्थ्य शाखा प्रमुख ,परिवार नियोजन कार्यक्रम फोकल पर्सन, स्वास्थ्यकर्मी पर्वत अस्पताल वरिष्ठ नर्सिङ अधिकृत सरस्वती बराल, स्वास्थ्य कर्मी र स्वास्थ्य कार्यालय पर्वतका स्वास्थ्य कर्मीको सहभागिता रहेको थियो।
Download: सायना प्रेस( Sayana press) को विस्तार तथा प्रयोग सम्बन्धी जिल्ला स्तरीय अभिमुखिकरण गोष्ठी
114
