प्रसूति सेवा प्रदायकहरुको लागि मातृ तथा नवशिशु स्वास्थ्य सम्बन्धि onsite coaching मेन्टोरिङ कार्यक्रम
प्रसूति सेवा प्रदायकहरुको लागि मातृ तथा नवशिशु स्वास्थ्य सम्बन्धि onsite coaching मेन्टोरिङ कार्यक्रम
मिती २०८२-१०-२१ गते देखि १०-२३ सम्म प्रदेश जनस्वास्थ्य कार्यालय पर्वतको आयोजनामा र कुश्मा नगरपालिकाको समन्वयमा प्रसूति सेवा प्रदायकहरुको लागि मातृ तथा नवशिशु स्वास्थ्य सम्बन्धि onsite coaching मेन्टोरिङ कार्यक्रम कुश्मा आधारभुत अस्पतालमा अस्पताल व्यवस्थापन समितिको उपाध्यक्षज्यूको अध्यक्षतामा सम्पन्न भएको छ । On-site coaching mentoring मा सहभागी ४ जना सेवा प्रदायकहरुलाई पर्वत अस्पताल कुश्माका वरिष्ठ अस्पताल नर्सिङ निरीक्षक सरस्वती बराल र शोभा श्रेष्ठले मेन्टरिङ गर्नु भएको थियो भने सहजीकरण जनस्वास्थ्य कार्यालय पर्वतका पव्लिक हेल्थ नर्सिङ निरिक्षक सुमन शर्मा र कुश्मा नगरपालिकास्वास्थ्य शाखाका सि.अ.न.मी.नि दुर्गा सापकोटा गर्नु भएको थियो । यस कार्यक्रममा Respectful Maternity care, Labour care guide, Non pneumatic Antishock garments,सामान्य प्रसूति , प्रसूती पछिको अत्याधिक रक्तस्राव व्यवस्थापन , Pre eclampsia / Eclampsia को व्यवस्थापन , Condom tamponade, Kangaroo mother care, निशासिएको नवशिशुको व्यवस्थापन, recording reporting , infection prevention जस्ता विषयमा ज्ञान् सिपको बिकास गरिएको थियो । Onsite coaching को तेश्रो दिन गुणस्तर सुधार अनुगमन ( QIP) र न्युनतम सेवा मापदन्डको जाचँ गरी सुधारको लागि व्यवस्थापन समिति सगं बैठक बसी सुधार गर्नुपर्ने विषयहरुमा कार्ययोजना पनि बनाइएको थियो । यस सगै यस आर्थिक वर्षमा ४ वटा प्रसूति केन्द्रमा अनसाईट कोचिङ मेन्टोरिङ सकिएको छ । मेन्टोरिङको अन्तिम दिनमा e-H,MIS र pregnancy registration and tracing application को वारेमा जनस्वास्थ्य कार्यालय पर्वतका पव्लिक हेल्थ नर्सिङ निरिक्षक सुमन शर्माले अनुगमन गरि नर्सिड्ड कर्मचारिहरुलाई अभिमुखिकरण गर्नु भएको थियो ।
23
