प्रसूति सेवा प्रदायकहरुको लागि मातृ तथा नवशिशु स्वास्थ्य सम्बन्धि onsite coaching मेन्टोरिङ विहादी
मिती २०८१-१०-१६ गते देखि १८ सम्म
प्रदेश जनस्वास्थ्य कार्यालय कुश्मा पर्वतको आयोजनामा र स्वास्थ्य शाखा विहादी गाउँपालिकाको समन्वयमा प्रसूति सेवा प्रदायकहरुको लागि मातृ तथा नवशिशु स्वास्थ्य सम्बन्धि onsite coaching मेन्टोरिङ कार्यक्रम विहादी गाउँपालिकाका दुई स्वास्थ्य संस्था बिहादी स्वास्थ्य चौकी रानीपानी र वाहाकीठाँटी स्वास्थ्य चौकीमामा सम्पन्न भएको छ । जसमा सामान्य प्रसूति , प्रसूती पछिको अत्याधिक रक्तस्राव व्यवस्थापन , Pre eclampsia / Eclampsia को व्यवस्थापन , Condom tamponade, Kangaroo mother care, निशासिएको नवशिशुको व्यवस्थापन, recording reporting , infection prevention जस्ता विषयमा ज्ञान् सिपको बिकास गरिएको थियाे । On-site coaching मा रानीपानी स्वास्थ्य चौकीमा सहभागी ५ जना सेवा प्रदायकहरुलाई प्रतिभा कोइराला ( ब. अ.न.नि , शिर्शुवा अस्पाताल) र भोज कुमारी शर्मा ( अ.न.नि, गैहा प्राथामिक अस्पताल)ले मेन्टरिङ गर्नु भएको थियो भने वाहाकीठाँटी स्वास्थ्य चौकीमा सहभागि ५ जना सेवा प्रदायकहरुलाई दुर्गा सापकोटा (सि. अ. न मी.नि -कुश्मा नगपालिका) र सगुन जी सी (सि. अ. न मी-जलजला गा पा)ले मेन्टरिङ गर्नु भएको थियो भने सहजीकरण स्वास्थ्य कार्यालय पर्वतका जनस्वाथ्य अधिकृत अन्जली पि सी र विहादी गाउँपालिकाका स्टाफ नर्स सिर्जना आचार्यले गर्नु भएको थियो ।Onsite coaching को तेस्रो दिन गुणस्तर सुधार अनुगमन ( QIP)गरी सुधारको लागि ब्यबस्थापन समिती सँग बैठक बसी सुधार गर्नुपर्ने विषयहरुमा कार्ययोजना पनि बनाइएको थियो जसमा विहादी गा पा का प्र .प्र. अ हरि भुसाल ,वार्ड अधक्ष्यहरु , स्वास्थ्य संस्था प्रमुखहरु , संस्था कर्मचारीहरु समिती सदस्य हरुको उपस्थिति रहेको थियो । यस कार्यक्रमको समापन सँगै यो आ .वमा पर्वत जिल्लाका १० बर्थिङ सेन्टरमा on-site कोचिङ सम्पन्न भएको छ ।
Download: प्रसूति सेवा प्रदायकहरुको लागि मातृ तथा नवशिशु स्वास्थ्य सम्बन्धि onsite coaching मेन्टोरिङ विहादी
167
