प्रसूति सेवा प्रदायकहरुको लागि मातृ तथा नवशिशु स्वास्थ्य सम्बन्धि onsite coaching मेन्टोरिङ कार्यक्रम
प्रसूति सेवा प्रदायकहरुको लागि मातृ तथा नवशिशु स्वास्थ्य सम्बन्धि onsite coaching मेन्टोरिङ कार्यक्रम
मिती २०८३-०६-२७ गते देखि ०६/२९ सम्म प्रदेश जनस्वास्थ्य कार्यालय पर्वतको आयोजनामा र फलेवास नगरपालिकाको समन्वयमा प्रसूति सेवा प्रदायकहरुको लागि मातृ तथा नवशिशु स्वास्थ्य सम्बन्धि onsite coaching मेन्टोरिङ कार्यक्रम लिमिठाना स्वास्थ्य चौकीमा स्वास्थ्य चौकी व्यवस्थापन समितिको अध्यक्ष श्री केशर पन्त ज्यूको अध्यक्षतामा , प्रदेश जनस्वास्थ्य पर्वतका कार्यालय प्रमुख श्री बद्रीराज आचार्य र स्वास्थ्य शाखाको उपस्थितिमा सम्पन्न भएको छ । On-site coaching mentoring मा सहभागी २ जना सेवा प्रदायकहरुलाई पर्वत अस्पतालका अस्पताल नर्सिङ निरीक्षक शोभा श्रेष्ठ र फलेवास नगर अस्पतालका नर्सिङ विमश पौडेलले मेन्टरिङ गर्नु भएको थियो भने सहजीकरण जनस्वास्थ्य कार्यालय पर्वतका पव्लिक हेल्थ नर्सिङ निरिक्षक सुमन शर्माले गर्नु भएको थियो । यस कार्यक्रममा Respectful Maternity care, Labour care guide, Non pneumatic Antishock garments,सामान्य प्रसूति , प्रसूती पछिको अत्याधिक रक्तस्राव व्यवस्थापन , Pre eclampsia / Eclampsia को व्यवस्थापन , Condom tamponade, Kangaroo mother care, निशासिएको नवशिशुको व्यवस्थापन, recording reporting , infection prevention जस्ता विषयमा ज्ञान् सिपको बिकास गरिएको थियो । Onsite coaching को तेश्रो दिन गुणस्तर सुधार अनुगमन ( QIP) र न्युनतम सेवा मापदन्डको जाचँ गरी सुधारको लागि व्यवस्थापन समिति सगं बैठक बसी सुधार गर्नुपर्ने विषयहरुमा कार्ययोजना पनि बनाइएको थियो । न्युनतम सेवा मापदन्डको लागि सहजिकरण फलेवास नगरपालिका स्वास्थ्य शाखामा कार्यरत सि. अ.हे.व रुद्र शर्मा सापकोटा र हे. अ तिलकराम प्रोख्रेलले गर्नुभएको थियो ।
7
