सेवा प्रदायकहरको लागि मातृ तथा नवशिशु स्वास्थ्य सम्बन्धि onsite coaching मेन्टोरिङ
२०८०/१२/५ देखि १२/७
स्वास्थ्य कार्यालय पर्वतको आयोजना तथा पर्वत अस्पताल कुश्माको समन्वयमा अस्पतालमा कार्यरत प्रसूति सेवा प्रदायकहरको लागि मातृ तथा नवशिशु स्वास्थ्य सम्बन्धि onsite coaching मेन्टोरिङ कार्यक्रम मिति २०८०/१२/०५ देखि १२/०७ सम्म (दोश्रो ब्याच )सम्पन्न भएको छ । जसमा सामान्य प्रसूति , प्रसूती पछिको अत्याधिक रक्तस्राव व्यवस्थापन , Pre eclampsia / Eclampsia को व्यवस्थापन , Condom tamponade, Kangaroo mother care, निशासिएको शिशुको व्यवस्थापन, recording reporting , infection prevention जस्ता विषयमा ज्ञान् सिप को बिकास गरिएको छ । Onsite coaching मा सहभागी ४ जना सेवा प्रदायकहरुलाई ३ जना मेन्टर (तालीम प्राप्त दक्ष स्वास्थ्यकर्मी ) हरुले प्रशिक्षण गर्नु भएको छ । प्रशिक्षण पर्वत अस्पताल कुश्माका वरिष्ठ अस्पताल नर्सिङ निरीक्षक सरस्वती बराल र अस्पताल नर्सिङ निरीक्षक शोभा श्रेष्ठ र कुश्मा नगरपालिकाको सि . अ न मि दुर्गा सापकोटाज्यूले गर्नु भएको थियो । Onsite coaching को तेश्रो दिन आज अस्पतालको प्रसुती कक्षको गुणस्तर सुधारको लागि tool प्रयोग गरि assessment पनि गरिएको छ ! यस सगै पर्वत जिल्लामा यस आर्थिक बर्षमा स्वास्थ्य कार्यालय पर्वतको आयोजनामा ५ ब्याच Onsite coaching सम्पन्न भैसकेको छ ।
Download: सेवा प्रदायकहरको लागि मातृ तथा नवशिशु स्वास्थ्य सम्बन्धि onsite coaching मेन्टोरिङ
110
