अत्याधुनिक एक्सरे मेशिन द्वारा निशुल्क छातिरोग खोज पड्ताल शिविर
मिति २०८१/१२/२८ गते
प्रदेश जनस्वास्थ्य कार्यालय कुश्मा पर्वतको आयोजना,प्रादेशिक क्षयरोग नियन्त्रण केन्द्र पोखराको प्राविधिक सहयोग र कारागार कार्यालय कुश्मा पर्वतको आयोजनामा कारागार कार्यालय कुश्मामा अत्याधुनिक एक्सरे मेशिन द्वारा निशुल्क छातिरोग खोज पड्ताल शिविर सम्पन्न भएको छ ।उक्त शिविरमा पर्वत कारागारमा रहेका कैदि बन्दी सहित १०३ जनालाई जाँच गरिएको थियो । उक्त शिविरमा एक जना सेवा ग्राहीलाई क्षयरोग निदान गरि उपचार गरिएको छ भने ३ जना शंकास्पद क्षयरोगी भटिएका छन । भेटीएका शंकास्पद क्षयरोगीको निदानको लागी खकारको नमुना संकलन गरिएको थियो भने उक्त शिविरमा १५ जनालाई उच्च रक्तचाप समस्या समेत देखिएको थियो । निजहरुलाई थप उपचारको लागी परामर्श समेत गरिएको थियो ।
Download: अत्याधुनिक एक्सरे मेशिन द्वारा निशुल्क छातिरोग खोज पड्ताल शिविर
123
