कार्यालय सहयोगीहरुको लागि सक्रमण रोकथाम र खोप ढुवानी सम्बन्धि २ दिने अभिमुखिकरण कार्यक्रम
मिति २०८३/०३/१० देखि १३ गते सम्म
प्रदेश जनस्वास्थ्य कार्यालय पर्वतको आयोजनामा कार्यालय सहयोगीहरुको लागि सक्रमण रोकथाम र खोप ढुवानी सम्बन्धि २ दिने अभिमुखिकरण कार्यक्रम प्रदेश जनस्वास्थ्य कार्यालय,पर्बतको तालिम हलमा कार्यालय प्रमुख बद्रीराज आचार्यज्युको अध्यक्षतामा सम्पन्न भएको छ । पर्वत जिल्लाका सात वटै स्थानिय तहका स्वास्थ्य संस्थामा कार्यरत कार्यालय सहयोगी ४९ जनाको सहभागिता रहेको थियो । उक्त कार्यक्रमको सहजीकरण प्रदेश जनस्वास्थ्य कार्यालयका पब्लिक हेल्थ निरिक्षक सुमन शर्मा , खोप कार्यक्रम फोकल पर्सन नारायण प्रसाद रेग्मीले , पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको अस्पताल नर्सिङ निरिक्षक जमुना प्रटेल र प्रदेश अस्पताल कुश्माका अस्पताल नर्सिङ निरिक्षक सुनिता नेपालीले गर्नु भएको थियो । खोपको गुणस्तर कायम राख्न आवश्यक कोल्ड चेन व्यवस्थापन सम्बन्धी ज्ञान तथा सीप अभिवृद्धि गर्ने र स्वास्थ्य संस्थामा संक्रमण रोकथाम तथा नियन्त्रण सम्बन्धी ज्ञान, सीप र व्यवहारमा सुधार ल्याउने उदेश्यले उक्त कार्यक्रम संचालन गरिएको थियो ।
Download: कार्यालय सहयोगीहरुको लागि सक्रमण रोकथाम र खोप ढुवानी सम्बन्धि २ दिने अभिमुखिकरण कार्यक्रम
30
