खोपबाट बचाउन सकिने रोग(Vaccine Preventable Disease)काे Surveillance सम्बन्धी १ दिने समीक्षा गोष्ठी
मिति -२०८२-०१-२३ गते ।
प्रदेश जनस्वास्थ्य कार्यालय कुश्मा, पर्वतको समन्वय र WHO/IPD पोखराको आयोजनामा कुश्मा बजारको होटल रोयल कुश्मा खोपबाट बचाउन सकिने रोग(Vaccine Preventable Disease)काे Servillance सम्बन्धी १ दिने समीक्षा गोष्ठी सम्पन्न भएको छ । सो कार्यक्रमको अध्यक्षता प्रदेश जनस्वास्थ्य कार्यालय पर्वतका कार्यालय प्रमुख श्री बद्रीराज आचार्यले गर्नु भएको थियो।प्रदेश जनस्वास्थ्य कार्यालय पर्वतका खोप फोकल पर्सन श्री नारायण प्रसाद रेग्मीले सञ्चालन गर्नू भएको उक्त कार्यक्रममा प्रादेशिक स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेश पोखराका खोप अधिकृत श्री एकनारायण लम्साल ज्यू र WHO/IPD पोखराका Servillance and Immunization Medical Officer डा स्मृति लामा ज्यूले सहजिकरण गर्नु भएको थियो। पर्वत जिल्लाका २२ वटा Servillance साइट,पालिका स्वास्थ्य शाखा प्रमुख,प्रदेश जनस्वास्थ्य कार्यालय, प्रदेश अस्पतालमा कार्यरत स्वास्थ्य संस्था प्रमुख,VPD Reporting focal person, प्रयोगशाला कर्मी गरि ८२ जनाकाे सहभागिता रहेकाे थियाे।
Download: खोपबाट बचाउन सकिने रोग(Vaccine Preventable Disease)काे Surveillance सम्बन्धी १ दिने समीक्षा गोष्ठी
83
