विश्व क्षयरोग दिवस २०८० ( मार्च २४ २०२४)
मिती -२०८०-१२-०९
स्वास्थ्य कार्यालयको आयोजनामा विश्व क्षयरोग दिवस २०२४ को अवसरमा "हामी क्षयरोग अन्त गर्छौ" भन्ने मुल नाराका साथ पत्रकार अन्तरक्रिया तथा अन्तर संवाद कार्यक्रम स्वास्थ्य कार्यालय पर्वतका नि. प्रमुख सी.अ.हे.व.अधिकृत तेज प्रसाद सुबेदीको अध्यक्षता र नेपाल पत्रकार महासंघ, जिल्ला शाखा पर्वतका अध्यक्ष सन्तोष थापाको प्रमूख आतिथ्यतामा सम्पन्न भएको छ। उक्त कार्यक्रममा कुस्मा नगरपालिकाका स्वास्थ्य संयोजक यम प्रसाद शर्मा, जिल्ला स्थित विभिन्न संचार माध्यमका संचारकर्मीहरु, क्षयरोग कार्यक्रम साझेदार निकायका प्रतिनिधि, पर्वत अस्पताल प्रयोगशाला प्रतिनिधिको गरी २३ जनाको उपस्थिती रहेको थियो । कार्यक्रमको सहजिकरण क्षयरोग कार्यक्रमका संयोजक ल्याब टेक्निसियन निरिक्षक उज्जवल तिवारीले गर्नुभएको थियो भने सन्चालन तथ्याकं सहायक रामचन्द्र सुबेदीले गर्नु भएको थियो।
Download: विश्व क्षयरोग दिवस २०८० ( मार्च २४ २०२४)
100
