विधुतिय स्वास्थ्य ब्यवस्थापन सुचना प्रणाली(eHMIS) को अभिमुखिकरण कार्यक्रम
मिति २०८१/३/१२ देखि ३/१३ सम्म
स्वास्थ्य कार्यालय पर्वतको आयोजना तथा महाशिला गाउँपालिकाको समन्वय एवं ब्यवस्थापनमा स्वास्थ्यकर्मिहरुलाई विधुतिय स्वास्थ्य ब्यवस्थापन सुचना प्रणाली(eHMIS) को अभिमुखिकरण कार्यक्रम साथै महाशिला गा.पा का ६ वटा स्वास्थ्यचौकीहरुमा eHMIS Software को जडान कार्य स्वाथ्य कार्यालय पर्वतका प्रमूख प्रविण शर्माको अध्यक्षतामा सम्पन्न भएको छ। कार्यक्रमको संचालन महाशिला गा.पाका स्वास्थ्य शाखा प्रमुख नर बहादर बराल ज्युले गर्नुभएको थियो भने सहजीकरण स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेश, पोखराका तथ्याङ्क अधिकृत प्रविण भण्डारी तथा स्वास्थ्य कार्यालय पर्वतका तथ्याङ्क फोकल पर्सन रामचन्द्र सुवेदीले गर्नुभएको थियो । कार्यक्रममा महाशिला गाउँपालिकाका ६ वटै स्वास्थ्यचौकी र पालिका स्वास्थ्य शाखा सहित २३ जनाको सहभागिता रहेको थियो।
Download: विधुतिय स्वास्थ्य ब्यवस्थापन सुचना प्रणाली(eHMIS) को अभिमुखिकरण कार्यक्रम
99
