विधुतिय स्वास्थ्य ब्यवस्थापन सुचना प्रणाली(eHMIS) को अभिमुखिकरण कार्यक्रम जलजला गाउँपालिका
मिति २०८१/०४/३१ देखि ०४/३२ सम्म
स्वास्थ्य कार्यालय पर्वतको आयोजना तथा जलजला गाउँपालिकाको समन्वय एवं ब्यवस्थापनमा स्वास्थ्यकर्मिहरुलाई विधुतिय स्वास्थ्य ब्यवस्थापन सुचना प्रणाली(eHMIS) को अभिमुखिकरण कार्यक्रम साथै जलजला गा.पाका १२ वटा स्वास्थ्यसंस्थाहरुमाहरुमा eHMIS Software को जडान कार्य स्वास्थ्य कार्यालय पर्वतका कार्यालय प्रमुख प्रविण शर्माको अध्यक्षतामा जलजला गाउँपालिकाको सभाहलमा सम्पन्न भएको छ। कार्यक्रमको संचालन जलजला गा.पा मल्लाज स्वास्थ्य चौकीका प्रमुख सि अ.हे.व अधिकृत गोरे नेपालीले गर्नुभएको थियो। कार्यक्रममा जलजला गा.पा का स्वास्थ्य शाखा प्रमुख गणेश मल्ल सहित स्वास्थ्य शाखामा कार्यरत कर्मचारीको उपस्थिति रहेको थियो भने कार्यक्रमको सहजीकरण स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेश, पोखराका तथ्याङ्क अधिकृत प्रविण भण्डारी तथा स्वास्थ्य कार्यालय पर्वतका तथ्याङ्क फोकल पर्सन रामचन्द्र सुवेदीले गर्नुभएको थियो । समग्र कार्यक्रमको समापन जलजला गा.पाका प्रमुख प्रशासकिय अधिकृत फडिन्द्र प्रसाद आचार्यले गर्नुभएको थियो। कार्यक्रममा जलजला पाउँपालिकाका १२ वटा स्वास्थ्यसंस्था र पालिका स्वास्थ्य शाखा सहित ३२ जनाको सहभागिता रहेको थियो।
Download: विधुतिय स्वास्थ्य ब्यवस्थापन सुचना प्रणाली(eHMIS) को अभिमुखिकरण कार्यक्रम जलजला गाउँपालिका
124
