विधुतिय स्वास्थ्य सुचना ब्यबस्थापन प्रणाली eHMIS सफ्टवेयर जडान तथा स्वास्थ्यकर्मीहरुलाई अभिमुखिकरण
मिति २०८१/०२/१६ र १७ गते
स्वास्थ्य कार्यालय पर्वतको आयोजना, विहादी गाउँपालिका पर्वतको व्यबस्थापन तथा स्वास्थ्य निर्देशनालय तथा स्वास्थ्य कार्यालय बागलुङको समन्वयमा विहादी गाउँपालिका अन्तर्गतका सम्पुर्ण स्वास्थ्य संस्थाहरुलाई प्रविधि मैत्री बनाउने उदेश्य सहित विधुतिय स्वास्थ्य सुचना ब्यबस्थापन प्रणाली eHMIS सफ्टवेयर जडान तथा स्वास्थ्यकर्मीहरुलाई अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ। अभिमुखिकरणको सहजीकरण स्वास्थ्य कार्यालय पर्वतका तथ्यांक सहायक रामचन्द्र सुवेदी तथा स्वास्थ्य कार्यालय बागलुङकि जनस्वास्थ्य निरीक्षक लक्ष्मी शर्माले गर्नु भएको थियो भने कार्यक्रममा ७ वटा स्वास्थ्य संस्थाका १३ जना स्वास्थ्यकर्मी तथा पालिकाको स्वास्थ्य शाखाको सम्पुर्ण टिमको उपस्थिति रहेको थियो। यो संगै अब विहादी गाउँपालिका अन्तर्गत स्वास्थ्य संस्थाको सेवाको विवरण लाइभ रिपोर्टिङ हुनेछ भने दैनिक/मासिक प्रतिवेदन थप व्यबस्थित हुनेछ। यस कार्यक्रम सफल पार्न हरपल समन्वय तथा सहजीकरण गर्नुहुने पालिका प्रमुख, उपप्रमुख तथा प्रमुख प्रशासकिय अधिकृत प्रती हार्दिक आभार।
Download: विधुतिय स्वास्थ्य सुचना ब्यबस्थापन प्रणाली eHMIS सफ्टवेयर जडान तथा स्वास्थ्यकर्मीहरुलाई अभिमुखिकरण
164
