मासिक भर्चुअल सेसन भाग ११ अन्तर्गत २०८१ चैत्र महिना
प्रदेश जनस्वास्थ्य कार्यालय पर्वतद्वारा शुन्य लागतमा शुरु भएको मासिक भर्चुअल सेसन भाग ११ अन्तर्गत २०८१ चैत्र महिनाको सेसन MSS मा सम्बन्धित भइ ३.७.४ प्रकोप न्यूनिकरण व्यवस्था को ३.७.४.४ सम्बन्धित भइ "स्वास्थ्यकर्मीहरुलाइ प्रकोप न्यूनिकरणको अभिमुखिकरण " शिर्षकमा प्रदेश जनस्वास्थ्य कार्यालय कुश्मा पर्वतका प्रमुख बद्रिराज आचार्यको अध्यक्षतामा सम्पन्न भएको छ । उक्त सेसनको संचालन प्रदेश जनस्वास्थ्य कार्यालय पर्वतका जनस्वास्थ्य अधिकृत अन्जली पि.सी गर्नु भएको थियो भने सहजीकरण WHO Health Emergencies ,Provincial Health Emergency Operation Center (PHEOC), MoH, Gandaki Province का field Medical officer डा.@Rajeeb Lalchan ले गर्नुभएको थियो । १ घन्टा भन्दा लामो सेसनमा जिल्लाका विभिन्न स्वास्थ्य संस्था बाट जुम आइडी मार्फत करिव ३५ जना भन्दा बढी स्वाथ्यकर्मीहरुको सहभागिता रहेको थियो
Download: मासिक भर्चुअल सेसन भाग ११ अन्तर्गत २०८१ चैत्र महिना
118
