वडा स्तरमा मातृ तथा पेरिनेटल मुत्यू निगरानि तथा प्रतिकार्य (MPDSR ) समितिको अभिमुखिकरण र गठन
मिति २०८२/१२/१८ - १२/२५
प्रदेश जनस्वास्थ्य कार्यालय पर्वतको आयोजनामा र स्थानिय तहहरुको स्वास्थ्य संस्थाहरुको समन्वयमा वडा स्तरमा मातृ तथा पेरिनेटल मुत्यू निगरानि तथा प्रतिकार्य (MPDSR ) समितिको अभिमुखिकरण र गठन सम्बन्धित वडाको वडा अध्यक्षको अध्यक्षतामा सम्पन्न भयो। कार्यक्रममा वडा स्तरिय MPDSR समितिको सम्पुर्ण सदस्यहरु साथै, प्रदेश जनस्वास्थ्य कार्यालय पर्वतका प्रमुख तथा टिमको समेत उपस्थितिमा सफलतापूर्वक सम्पन्न गरिएको थियो। महिला तथा सामुदायिक स्वास्थ्य स्वंयसेविकाहरुलाई MPDSR को परिचय, महत्व, विभिन्न तहका समितिको काम,कर्तव्य र अधिकार, नोटिफिकेसन, स्कृनिङ र भर्बल अटप्सी बारे अभिमुखिकरण गरिएको थियो। सम्पुर्ण इन्चार्ज तथा सम्पूर्ण नर्सिङ स्टाफ हरुलाई, महिला तथा सामुदायिक स्वास्थ्य स्वंयसेविका तथा वडास्तरीय MPDSR समितिको अभिमुखीकरण कार्यक्रम निर्धारित समयमै सफलतापूर्वक सम्पन्न गर्नुभएकोमा हार्दिक धन्यवाद। आगामी दिनहरूमा पनि यस्तै सहयोग र सक्रियता रहने अपेक्षा राख्दछौ।
Download: वडा स्तरमा मातृ तथा पेरिनेटल मुत्यू निगरानि तथा प्रतिकार्य (MPDSR ) समितिको अभिमुखिकरण र गठन
1
