७६औँ विश्व स्वास्थ्य दिवस २०२४ April 7
मिति २०८० चैत्र २५ गते
"मेरो स्वास्थ्य , मेरो अधिकार "
७६औँ विश्व स्वास्थ्य दिवसको अवसरमा स्वास्थ्य कार्यालय पर्वतको आयोजना र पर्वत अस्पतालको समन्वयमा सरकारी कार्यालयमा कार्यरत कर्मचारीहरुमा नसर्ने रोगको स्क्रीनिङ तथा स्वास्थ्य परिक्षण र परामर्श कार्यक्रम स्वास्थ्य कार्यालय पर्वतका कार्यालय प्रमुख श्री प्रविण शर्मा ज्यूको अध्यक्षता , जिल्ला समन्वय प्रमुख श्री विष्णु राम वि.क.ज्यूको प्रमुख आतिथ्यता र प्रमुख जिल्ला अधिकारी श्री प्रेम प्रसाद आचार्य ज्यूको विशिष्ट आतिथ्यमा एबम् जिल्ला स्थित सम्पूर्ण कार्यलयका प्रमुख ज्यूहरु, कर्मचारीहरु , सुरक्षा सुरक्षाकर्मीहरु र संचारकर्मीहरूको उपस्थितीमा सम्पन्न भएको छ। उक्त कार्यक्रममा १६५ जनाको उचाई, तौल, उचाई तथा तौल अनुसार शरीरको मोटोपन(BMI), रक्तचाप, मधुमेह र पिसाबमा प्रोटिन मात्राको स्क्रिनिङ गरीएको थियो जसमध्ये ६५% (१०८ जना) मा मोटोपन, २६% (४३ जना)मा उच्च रक्तचाप र २%(४ जना)मा मधुमेह देखिएको थियो भने नियमित स्वास्थ्य जाँच , नियमित व्याम, खानपान शैलीमा व्यवस्थापन गर्ने जस्ता चिकित्सक परामर्श दिएको थियो ।
Download: ७६औँ विश्व स्वास्थ्य दिवस २०२४ April 7
120
