महिला सामुदायिक स्वास्थ्य स्वयमसेबिकाहरुको लागि आधारभुत तालिम
प्रदेश जनस्वास्थ्य कार्यालय पर्वतको आयोजनामा र स्थानीय तहहरुको समन्वयमा महिला सामुदायिक स्वास्थ्य स्वयमसेबिकाहरुको लागि आधारभुत तालिम लिमिठाना स्वास्थ्य चौकी र होटल फ्रेन्ली कुश्मामा २०८२ फाल्गुण ४ देखि प्रदेश जनस्वास्थ्य कार्यालय पर्वतको कार्यालय प्रमुख बद्रिराज आचार्यज्यूको अध्यक्ष्तामा सुरु भएको छ | लिमिठानामा संचालन भएको कार्यक्रममा फलेवास नगरपालिकाको प्रमुख प्रशासकिय अधिकृत जिवन ज्ञवाली ज्यूको पनि विशेष उपस्थिति रहैको थियो । यस आधारभुत तालिममा कुश्मा नगरपालिका र फलेवास नगरपालिकाको जम्मा १५ जना महिला सामुदायिक स्वास्थ्य स्वयमसेबिकाहरुको उपस्थिति रहेको छ |
22
