स्तनपान परामर्शदाताका लागी तालिम कार्यक्रम सम्पन्न
प्रदेश जनस्वास्थ्य कार्यालय पर्वतको आ.व. २०८२/०८३ को वार्षिक स्वीकृत कार्यक्रम अनुसार मिति २०८३/०१/२१ देखि २३ गतेसम्म प्रदेश जनस्वास्थ्य कार्यालय पर्वतको सभाहलमा स्तनपान परामर्शदाताहरूका लागि ३ दिने तालिम कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। पर्वत जिल्लाका सातै स्थानीय तह अन्तर्गतका बर्थिङ सेन्टरहरूमा कार्यरत २३ जना नर्सिङ स्टाफको सहभागितामा सञ्चालन भएको उक्त तालिम कार्यक्रमको अध्यक्षता प्रदेश जनस्वास्थ्य कार्यालय पर्वतका कार्यालय प्रमुख श्री बद्री राज आचार्यज्यूले गर्नु भएको थियो। कार्यक्रमको सञ्चालन प्रदेश जनस्वास्थ्य कार्यालय पर्वतका जनस्वास्थ्य अधिकृत श्री सन्देश पोख्रेलले गर्नु भएको थियो। कार्यक्रममा पुतलीबजार नगरपालिका स्याङ्जाकी पब्लिक हेल्थ नर्स श्री बिन्दु गौतम तथा धौलागिरी प्रादेशिक अस्पतालकी स्टाफ नर्स श्री प्रतीक्षा तिमिल्सिनाले सहजीकरण गर्नु भएको थियो।
तालिम कार्यक्रममा स्तनपानसम्बन्धी परामर्श सेवा सुदृढीकरण, स्वास्थ्य संस्थामा प्रदान गरिने स्तनपान परामर्श सेवाको गुणस्तर अभिवृद्धि तथा नवजात शिशुमा प्रारम्भिक स्तनपान र पूर्ण स्तनपान प्रवर्द्धन सम्बन्धी विषयमा सहभागीहरूबीच अन्तरक्रिया, अनुभव आदानप्रदान तथा व्यवहारिक अभ्यास सञ्चालन गरिएको थियो। तालिमका क्रममा Lecture, Group Discussion, Role Play तथा Hospital Practical Visit मार्फत व्यवहारिक सिकाइमा विशेष जोड दिइएको थियो। यस तालिमलाई सफल बनाउन प्रत्यक्ष-अप्रत्यक्ष योगदान दिनुहुने सम्पूर्ण सहयोगी हातहरु लाई हार्दिक धन्यवाद ज्ञापन गर्दछौं ।
Download: स्तनपान परामर्शदाताका लागी तालिम कार्यक्रम सम्पन्न
3
