आँखा नाक कान घाँटी तथा मुख स्वास्थ्य सम्बन्धी प्राथमिक उपचार बारे अभिमुखीकरण कार्यक्रम
प्रदेश जनस्वास्थ्य कार्यालय पर्वतको आ.व. २०८२/०८३ को वार्षिक स्वीकृत कार्यक्रम अनुसार मिति २०८३ /०१/११ गते देखि १२ गते सम्म स्वास्थ्यकर्मीहरुका लागी आँखा नाक कान घाँटी तथा मुख स्वास्थ्य सम्बन्धी प्राथमिक उपचार बारे अभिमुखीकरण कार्यक्रम संचालन भै सम्पन्न भएको छ । पर्वत जिल्लाका ७ वटै स्थानिय तह अन्तर्गत स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी सहभागितामा संचालन भएको कार्यक्रमको अध्यक्षता प्रदेश जनस्वास्थ्य कार्यालय पर्वतका कार्यालय प्रमुख श्री बद्रीराज आचार्य ज्यूले गर्नु भएको थियो । उक्त कार्यक्रमको संचालन प्रदेश जनस्वास्थ्य कार्यालय पर्वतका परिवार नियोजन सुपरभाईजर निरिक्षक श्री नारायण प्रसाद रेग्मीले गर्नु भएको थियो भने सहजीकरण प्रदेश अस्पतालका नि. मे.सु. श्री डा. ढुन्नीराज पौडेल र मादी आधारभुत अस्पताल कास्कीका मेडिकल अधिकृत श्री डा. विनोद बराल ले गर्नु भएको थियो
Download: आँखा नाक कान घाँटी तथा मुख स्वास्थ्य सम्बन्धी प्राथमिक उपचार बारे अभिमुखीकरण कार्यक्रम
3
