स्वास्थ्यकर्मी हरूका लागि ६ दिने IMNCI तालिम सम्पन्न
प्रदेश जनस्वास्थ्य कार्यालय पर्वतको आयाेजना मा स्वास्थ्यकर्मी हरूका लागि ६ दिने IMNCI तालिम कार्यक्रम प्रदेश जनस्वास्थ्य कार्यालय पर्वतका प्रमुख बद्रीराज आचार्य को अध्यक्षतामा मिति २०८३/०१/१४ देखि १९ गते सम्पन्न भयो। उक्त कार्यक्रममा प्रदेश अस्पताल पर्वतका प्रमुख डा ढुण्डीराज पौडेलले कार्यक्रममा ५ बर्ष मुनिका बालबालिकाहरूको अवस्था बारे जानकारी गराउनुभएको थियो। पर्वत जिल्लाका ७ वटा स्थानीय तह र प्रदेश अस्पताल पर्वतका ३२ जना सहभागी रहेको उक्त तालिम मा वालिङ अस्पताल स्याङ्जा का मे .अ डा बिक्रम तिवारी,महाशिला आधारभुत अस्पताल पर्वतका मे.अ सनम ढकाल, प्रदेश अस्पताल पर्वतका ब.अ.न.नि सरस्वती बराल, प्रदेश जनस्वास्थ्य कार्यालय पर्वतका कार्यक्रम संयाेजक तेज प्रसाद सुवेदी ले सहजिकरण गर्नुभएको थियो।
Download: स्वास्थ्यकर्मी हरूका लागि ६ दिने IMNCI तालिम सम्पन्न
3
