नसर्ने रोगसम्बन्धी स्क्रिनिङ शिविर
प्रदेश जनस्वास्थ्य कार्यालय पर्वत प्रदेश अस्पताल पर्वत र प्रदेश आयुर्वेद चिकित्सालय पर्वतको सम्युक्त आयोजना मा मोदी गाउँपालिका पर्वतको समन्वयमा मोदी गाउँपालिका ३ देउरालीमा नसर्ने रोगसम्बन्धी स्क्रिनिङ शिविर सम्पन्न भयो। मोदी गाउँपालिका वडा नं ३ का वडाध्यक्ष देवेन्द्र बहादुर क्षेत्री को अध्यक्षतामा सम्पन्न कार्यक्रममा मोदी गाउँपालिका उपाध्यक्ष विमल लामिछाने , प्रदेश अस्पताल पर्वतका मे सु डा ढुण्डीराज पौडेल, प्रदेश जनस्वास्थ्य कार्यालय पर्वतका प्रमुख बद्रीराज आचार्य, प्रदेश आयुर्वेद चिकित्सालय पर्वतका प्रमुख किरण कमल बस्ताकोटी, जनप्रतिनिधि, मेडिकल अधिकृत स्वास्थ्यकर्मी,म.स्वा.से., लगायतकाे उपस्थिति रहेको थियो। कार्यक्रममा प्रदेश अस्पताल पर्वत को ल्याव बाट रक्तनमुना र पिसाबको नमुना संकलन गरीएको थियो। जम्मा १४१ सेवाग्राहीले सेवा लिनुभएको थियो। कार्यक्रममा प्रदेश जनस्वास्थ्य कार्यालय पर्वतका कार्यक्रम संयाेजक तेज प्रसाद सुवेदी र प्रदेश अस्पताल पर्वतका मे.रे,टे प्रकास सुवेदी ले सहजिकरण गर्नुभएको थियो। संकलित रक्तनमुना र पिसाबको परिक्षण गरि २०८३/०१/१० गते परिक्षण नतिजा सार्वजनिक गरि राेग अनुसार अभिमुखीकरण र परामर्श सम्पन्न गरिने कार्यक्रम रहेको छ।
Download: नसर्ने रोगसम्बन्धी स्क्रिनिङ शिविर
3
