आर्थिक वर्ष २०८०/०८१ मा सम्पादित स्वास्थ्य तर्फका क्रियाकलापहरूको वार्षिक समिक्षा कार्यक्रम महाशिला गाउँपालिका
महाशिला गाउँपालिका स्वास्थ्य शाखा द्वारा आर्थिक बर्ष २०८०/८१ मा सम्पादित स्वास्थ्य कार्यक्रमहरुको बार्षिक समिक्षा कार्यक्रम सम्पन्न गरिएको छ।कार्यक्रममा १२ वटा स्वास्थ्य सस्था प्रमुखहरुले आ-आफ्नो स्वास्थ्य सस्थाले उक्त आर्थिक बर्षमा सम्पन्न गरेका कामहरुको प्रस्तुतिकरण गर्नु भएको थियो भने पालिकाको प्रस्तुतीकरण पालिका स्वास्थ्य शाखा प्रमुख नर बहादुर बराल क्षेत्रीले गर्नु भएको थियो। कार्यक्रम को सहजीकरण स्वास्थ्य कार्यालय पर्वतका प.नि.सु.नारायण प्रसाद रेग्मीले गर्नु भएको थियो।कार्यक्रम गाउँपालिका अध्यक्ष श्री इश्वरि प्रसाद भुशाल ज्युको अध्यक्षता र संचालन सि.अहेव अधिकृत कृष्ण बहादुर रानाले गर्नु भएको थियो।
133
