आर्थिक वर्ष २०८०/०८१ मा सम्पादित स्वास्थ्य तर्फका क्रियाकलापहरूको वार्षिक समिक्षा कार्यक्रम पैंयूँ गाउँपालिका
मिति २०८१/५/८ गते
पैयूँ गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा सँचालन गरिएको आ .ब. २०८०/८१ मा सम्पादित स्वास्थ्य कार्यक्रमहरुको पालिका स्तरीय बार्षिक समीक्षा कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा ७ वटा वडाका वडा अध्यक्ष ज्यूहरु ,स्वास्थ्य चौकी प्रमुखहरू , आधारभुत स्वास्थ्य केन्द्र र सामुदायिक स्वास्थ्य इकाइ प्रमुखहरुको उपस्थिति रहेको थियो। कार्यक्रममा सहजीकरण स्वास्थ्य कार्यालय प्रमुख प्रविण शर्मा , स्वास्थ्य कार्यालयका परिवार नियोजन सुपरभाइजर अधिकृत नारायण रेग्मी, तथ्यांक शाखा प्रमुख रामचन्द्र सुवेदी र स्वास्थ्य शाखा प्रमुख देबी प्रसाद भुर्तेलले गर्नुभएको थियो।कार्यक्रम सँचालन पनि स्वास्थ्य शाखा प्रमुख देबी प्रसाद भुर्तेलले गर्नुभएको थियो।
136
