जलजला गाउँपालिका अध्यक्ष श्री राजु प्रसाद आचार्य ज्युलाई सम्मान
हार्दिक बधाई!!!
आर्थिक वर्ष २०७९/०८० अन्तर्गत नेपाल सरकारले संचालन गरेको "राष्ट्रिय हात्तिपाइले रोग निवारण अभियान "लाई सफल पार्नको लागि जलजला गाउँपालिकाले खेलेको उत्कृष्ट भुमिकाको कदर गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज आयोजना गरेको एक कार्यक्रमका बिच नेपाल सरकारका उपप्रधान, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री माननिय उपेन्द्र यादब ज्युले जलजला गाउँपालिका अध्यक्ष श्री राजु प्रसाद आचार्य ज्युलाई सम्मान पत्र प्रदान गर्नु भएको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा तथा विश्व स्वास्थ्य संगठन नेपाल द्वारा गरिएको मुल्याकंन अन्तर्गत पर्वत जिल्लाको जलजला गाउँ पालिका उत्कृष्ट पालिकाको रूपमा छनौट भएको हो। यो अभियान उत्कृष्टताका साथ सफल बनाउन अहोरात्र खट्नुहुने पालिकाका सम्पुर्ण जनप्रतिनिधि ज्यु, स्वास्थ्य शाखामा कार्यरत कर्मचारी ,स्वास्थ्य संस्थामा कार्यरत सम्पुर्ण स्वास्थ्यकर्मी तथा अन्य शिक्षककर्मी, महिला स्वास्थ्य स्वयम् सेबिका ज्युहरु एवं स्वास्थ्य कार्यलय पर्बतका कर्मचारी लगायत सहयोग गर्नुहुने सम्पुर्णमा हार्दिक आभार प्रकट गर्दछौI
Download: जलजला गाउँपालिका अध्यक्ष श्री राजु प्रसाद आचार्य ज्युलाई सम्मान
107
