महाशिला आधारभुत अस्पतालमा दुइ दिने न्यूनतम सेवा मापदण्डको समिक्षा
महाशिला गाउँपालिका स्वास्थ्य शाखाको आयोजना तथा स्वास्थ्य कार्यालय पर्वत र वानहार्ट बल्डवाइडको समन्वयमा साविक लुङ्खु देउराली प्रा.स्वा.के हाल महाशिला आधारभुत अस्पतालमा दुइ दिने न्यूनतम सेवा मापदण्डको समिक्षा कार्यक्रम मिति २०८१ साल बैशाख १३ र १४ गते सम्पन्न भएको छ। कुल न्यूनतम सेवा मापदण्डमा यस अगाडी को भन्दा १२ प्रतिशतको बढी प्राप्त गर्दै यस स्वास्थ्य संस्थाले ७१ प्रतिशत स्कोर प्राप्त गरेको छ।
आकस्मिक प्रसुति प्रेषण कोष स्थापना तथा परिचालन, सुत्केरीहरूलाइ निशुल्क एम्वुलेन्स सेवा, बैकल्पिक उर्जाको उचित ब्यवस्थापन, २४ सै घण्टा आकस्मिक सेवा, सुत्केरी, तथा अन्य प्रजन्न सेवा दिदा आउन सक्ने जटिलता हरूको ब्यवस्थापन का लागि एथेस्ट तयारी तथा दक्ष प्रसुति कर्मिको उपलब्धता जस्ता सवल पक्ष उक्त समिक्षा कार्यक्रममा प्रस्तुत गरिएको थियो। गुणस्तर सुधारमा ब्यवस्थापन समिति, पालिकाको प्रतिवध्ता सहित कार्ययोजना निर्माण गरि कार्याक्रम सम्पन्न गरिएको छ।
Download: महाशिला आधारभुत अस्पतालमा दुइ दिने न्यूनतम सेवा मापदण्डको समिक्षा
108
