पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा कार्यक्रम सम्पन्न (जलजला गाउँपालिका)
मिति २०८१/ ०१/३१ गते
पर्वत जिल्लाको जलजला गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरिएको छ। समारोह जलजला गाउँपालिका वडा नम्बर ३ को वडा कार्यालयमा पालिका खोप समन्वय समितिका अध्यक्षय एवम् पालिका अध्यक्ष श्री राजु प्रसाद आचार्य ज्यूको अध्यक्षतामा सम्पन्न भएको थियो। उक्त कार्यक्रममा पालिका उपाध्यक्ष दिपक आचार्य ,प्रमुख प्रशासकिय अधिकृत फणिन्द्र प्रसाद आचार्य ,जिल्ला खोप फोकल व्यक्ति जयन्द्रमान गुरूङ , वडा अध्यक्षहरू स्वास्थ्य संस्था प्रमुख ,अन्य स्वास्थ्यकर्मी महिला स्वास्थ्य स्वयमसेविका साथै वडा खोप समन्वय समिति सद्स्यहरूको उपस्तिथि रहेको थियो ।
Download: पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा कार्यक्रम सम्पन्न (जलजला गाउँपालिका)
122
