पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा कार्यक्रम सम्पन्न (महाशिला गाउँपालिका)
मिति: २०८१-०१-२७ गते
“स्थानीय श्रोतको उपयोग, स्वामित्व र सहभागिता, पूर्ण खोप सुनिश्चितता हाम्रो प्रतिवद्धता” भन्ने नाराका साथ महाशिला गाउँपालिका पर्वतलाई आज मिति २०८१-०१-२७ गतेका दिन पुर्ण खोप सुनिस्चितता तथा दिगोपना पालिका घोषणा गरिएको छ। गाउँ पालिका अध्यक्ष तथा पालिका खोप समन्वय समितिका अध्यक्ष श्री इस्वरि प्रसाद भुसाल ज्यु को अध्यक्षता,जिल्ला समन्वय समितिका प्रमुख श्री बिष्णु राम बि.क.ज्यु को प्रमुख आतिथ्यता तथा पालिका उपाध्यक्ष धनसुबा बि.क.ज्यु र स्वास्थ्य कार्यालय पर्वत का प्रमुख प्रविण शर्मा ज्युको बिशिस्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको छ।यस कार्यमा सहयोग गर्नुहुने सम्पुर्णमा हार्दिक आभार सहित धन्यवाद व्यक्त गर्दछौं।
Download: पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा कार्यक्रम सम्पन्न (महाशिला गाउँपालिका)
96
