पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा कार्यक्रम सम्पन्न (मोदि गाउँपालिका)
मिति २०८१ वैशाख २७ गते
“स्थानीय श्रोतको उपयोग, स्वामित्व र सहभागिता, पूर्ण खोप सुनिश्चितता हाम्रो प्रतिवद्धता” भन्ने नाराका साथ आज मिति २०८१ वैशाख २७ गतेका दिन मोदी गाउँपालिका, पर्वतमा गाउँपालिकालाई उपाध्यक्ष विमल लामिछानेको अध्यक्षता र प्रमुख प्रशासकीय अधिकृत, वडा अध्यक्षहरु, स्वास्थ्य चौकी प्रमुखहरु, शिक्षक प्रतिनिधि, आमा समूह प्रतिनिधि, महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाज्यूहरु लगायत मोदी गाउँपालिकाका पूर्ण खोप समन्वय समितिका सदस्यहरुको सहभागितामा पालिकालाई पुर्णखोप सुनिस्चित तथा दिगोपना घोषणा कार्यक्रम सम्पन्न भएको छ। उक्त कार्यक्रममा ०-१५ महिनासम्मका २८७ जना बालबालिका र १६-५९सम्मका ७९१ जना बालबालिकाहरुले पूर्ण खोप प्राप्त गरेको सुनिश्चितता गरिएको थियो भने सबै वडाहरुलाई पूर्ण खोपको स्थिति कायम गरेकोमा बधाई व्यक्त गर्दै प्रमाण पत्र प्रदान पनि गरिएको थियो ।
Download: पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा कार्यक्रम सम्पन्न (मोदि गाउँपालिका)
122
