स्तन क्यान्सर, पाठेघरको क्यान्सर र आङग खस्ने समस्यको निशुल्क स्क्रिनिङ शिविर फलेवास नगरपालिका
मिती२०८० चैत्र ४ देखि २६ गते
फलेवास नगरपालिकाको आयोजनामा माहिला प्रजनन स्वस्थ्य सचेतना कार्यक्रम - स्तन क्यान्सर, पाठेघरको क्यान्सर र आङग खस्ने समस्यको निशुल्क स्क्रिनिङ शिविर चैत्र ४ गते वडा न १ कार्किनेटाबाट शुरु गरिएको उक्त कार्यक्रम चैत्र २६ गते वडा न ११ पाङराङ फलेबासका सम्पूर्ण वार्डमा समापन भएको छ । जसमा जम्मा १०५० जना महिलाहरुले स्क्रिनिङ गराइएको थियो जसमध्ये २५ जनामा VIA positive देखिएको, ३८ जनामा आङ खस्ने समस्या भइ ring राखी उपचार गरिएको, ११ जनामा पाठेघरको मुखमा घाउ भएको, २८ जनामा पाठेघरको मुखमा मासु पलाएको, १२४ जनामा विभिन्न खालको संक्रमण देखिएको र ३१ जनामा स्तन सम्बन्धि समस्या देखिएको थियो जसको लागि आवश्यकता अनुसार उचित परामर्श सहित अन्यत्र रेफर गरिएको थियो। उक्त कार्यक्रम सुसम्पन्नको लागि स्वास्थ्य कार्यालय पर्वत फेलेबास नगरपालिका , सम्पूर्ण स्वास्थ्यकर्मी , माहिला स्वास्थ्य स्वंम सेविका प्रति हार्दिक आभार व्यक्त गर्दछौं।
श्रोत : स्वास्थ्य शाखा फलेवास नगरपालिका
Download: स्तन क्यान्सर, पाठेघरको क्यान्सर र आङग खस्ने समस्यको निशुल्क स्क्रिनिङ शिविर फलेवास नगरपालिका
123
