SBA on-site कोचिङ र न्युनतम सेवा मापदण्ड कार्यक्रम
मिती २०८१-०४-१९ देखि २२
कुश्मा नगरपालिका तथा वान हार्ट वर्ल्ड वाइडको आयोजनामा र स्वाथ्यमा कार्यालय पर्वतको सहकार्यमा Thulipokhari Phc मा on-site कोचिङ र न्युनतम सेवा मापदण्ड कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमको पहिलाे तीन दिन ठुलीपोखरी प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत ३ नर्सिङ कर्मचारीलाई on-site कोचिङ गरिएको थियो जसको सहजिकारण कुश्मा नगरपालिका सि.अ.न.मी दुर्गा सापकोटा र जलजला गाउँपालिकाकी सि.अ.न.मी सगुन जी .सिले गर्नु भएकाे थियाे भने कार्यक्रमको अन्तिम दिन न्युनतम सेवा मापदण्ड कार्यक्रम र विर्थिङ सेन्टिरको QIP गरिएको थियो जसको सहजीकारण स्वास्थ्य कार्यालय पर्वतका जनस्वास्थ्य अधिकृत अन्जली पि .सि र वान हार्ट वर्ल्ड वाइडका जिल्ला संयोजक कविन्द्र रेग्मीले गर्नु भएकाे थियाे ।स्वास्थ्य संस्थाको मूल्यांकन अंक पहिला ७२%बाट वृद्धि भई ७७% रहेको थियो । मूल्यांकन पश्चात स्वास्थ्य सेवा गुणस्तर र बिर्थिङ सेवा सुधारका लागि स्वास्थ्य संस्था ब्यवस्थापन समितिसँग छलफल गरी कार्ययोजना पनि बनाइएको थियो ।
Download: SBA on-site कोचिङ र न्युनतम सेवा मापदण्ड कार्यक्रम
114
